Read more: https://www.zealmat.com/2016/10/show-post-title-on-homepage.html#ixzz6XL8JDsy3 मेरो ब्लग

Thursday, August 15, 2013

आर्थिक संकलनका लागि उपयोगी क्राउड फन्डिङ साइट

तपाईं कुनै सामाजिक कार्य अथवा परियोजना संचालन गर्ने सोचमा हुनुहुन्छ, तर आर्थिक अभावका कारण त्यसलाई थाँती राख्नुभएको छ ?
त्यसो हो भने आर्थिक संकलनका लागि निर्माण भएका विभिन्न ‘क्राउड फन्डिङ वेबसाइट’ तपाईंका लागि सहयोगी हुन सक्छन् ।


यस्ता वेबसाइटहरुबाट विश्वका धेरै देशहरुले विभिन्न उद्देश्यमा आर्थिक संकलन गरेका उदाहरणहरु छन् । प्राकृतिक प्रकोप, नागरिक पत्रकारिता, कला संस्कृतिको संरक्षण, राजनीतिक अभियान, चलचित्र तथा सफ्टवेयर निर्माण, वैज्ञानिक खोज लगायतका गैरनाफामुखी परियोजनाका लागि आर्थिक संकलन गर्न ‘क्राउड फन्डिङ साइट’ निकै उपयोगी हुन सक्छन् ।

Friday, August 9, 2013

फेसबुकमा धेरै फोटो सेयर गर्नुपूर्व सोच्नुहोस् है !

यदि तपाईलाई सामाजिक संजाल फेसबुकमा धेरै फोटो सेयर गर्नुहुन्छ भने होस गर्नुहोस् । एक नयाँ अध्ययनका अनुसार धेरै फोटो सेयर गर्नाले तपाईका साथीहरु तपाईबाट टाढा हुन सक्छन् । युनिभर्सटि अफ बर्मिङ्घम, युनिभर्सिटि अफ द वेस्ट आफ इंग्ल्याण्ड र युनिभर्सिटि अफ इडनबर्गका शोधकर्ताले गरेको नयाँ अध्ययनका अनुसार फेसबुकमा सेयर गरिने फोटोको संख्याले सम्बन्धमा असर पर्ने देखाएको छ । अध्ययनका प्रमुख शोधकर्ता डाक्टर डेविड ह्युगटनले फेसबुकमा साथीहरुको नियमित फोटो सेयर गर्नाले उसको वास्तविक जीवनका सम्बन्धमा नोक्सानी पुग्ने संभावना रहने बताउनुभयो । उहाँका अनुसार फेसबुकमा आफ्ना साथीका लागि पोस्ट गर्ने सुचनाहरु परिवारका सदस्य, कार्यालयका सहकर्मीलगायत अरु विभिन्न श्रेणीका मानिसले हेर्ने र उनीहरुले यस सुचनालाई फरक तरिकाले लिने गर्दछन् । अध्ययनका क्रममा कसैले आफ्नो साथीको धेरै फोटो सेयर गरेमा यसले उनीहरुको सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्ने पाइएको छ ।