परीक्षा आउन एक हप्ता मात्रै बाँकी छ, पढेको केहि होइन । रातभरी यसकै बारेमा सोचेर निद्रा लाग्दैन तर पढ्न मन पनि लाग्दैन । कामबाट थकित भएर घर पुग्दा खाना खाने बित्तिकै यो चिसोमा सिरक ओढेर ओछ्यान लाग्न मन लागि हाल्छ । कुनै दिन जाँगर निकालेर पढ्न बसेपनि थकाइका कारण पढेको दिमागले स्टोर गर्न जान्दैन । हुन त जहाँ इच्छा त्यहाँ उपाय तर मलाई थकानपछिको निन्द्रा नै प्यारो छ पढ्नुभन्दा ।