सरकार :
सबैले बुझ्ने भाषामा सरकार भन्नाले राज्यको त्यस्तो संरचना हो जसले राज्यले अबलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्छ, गराउँछ, जनताको सुरक्षाको प्रत्याभूति दिन्छ र आफ्ना नागरिकहरु कहाँ बस्छन्, के खान्छन्, कति सुरक्षित छन् भन्ने कुराको हेक्का राख्छ ।
कानुनी शासनको अभ्यास, सार्वजनिक मामिलाको नियमन, नीति तथा कानूनहरुको निर्माण र यी कार्यका लागि नेतृत्व प्रदान गरी राज्यको व्यवस्थापन गर्ने र समाज कल्याणका लागि सामूहिक र संगठित कार्य गर्ने संस्थागत संरचना नै सरकार हो । संकुचित अर्थमा सरकार भनेको कार्यपालिका हो । व्यापक अर्थमा सरकार भनेको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा अन्य निकायहरुको समष्टिगत रुप हो ।
राज्य हुनका लागि अनिवार्य तत्वहरु जनसंख्या, भूगोल, सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय मान्यता जस्तै सरकार एउटा अपरिहार्य तत्व हो ।
सरकार राज्यको सार्वभौमसत्ता प्रयोग गर्ने तथा राज्यको उद्देश्यलाई सार्थक तुल्याउने वैधानिक अंग हो भने यसले राज्यको संवैधानिक शक्ति प्रयोग गर्दै मानव व्यवहार नियन्त्रण गर्दछ । सरकारलाई शासकीय अधिकार तथा स्रोत साधनहरुको व्यवस्थापकीय अख्तियारी प्राप्त हुन्छ ।
परिस्थिति अनुसार सरकारले Protector, facilitator, evaluator, coordinator,
Negotiator, Planner /
Resource mobilizer आदिको भूमिका खेल्नुपर्दछ ।
सरकारका कार्यहरु :
सरकारको भूमिका
- राष्ट्रिय स्वार्थको प्रवद्र्धन सम्बन्धी कार्य गर्ने।
- सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम राख्ने ।
- शान्ति सुरक्षा र अमनचयन कायम गर्ने ।
- नागरिकका मौलिक हक संवद्र्धन तथा आधारभूत आवश्यकता परिपूर्ति गर्ने ।
- राष्ट्रिय नीति निर्धारण गर्ने ।
- अत्याश्यकीय ऐन कानून निर्माण तथा कार्यान्वयन गर्ने ।
- सामाजिक न्याय, समानता तथा मानवअधिकार प्रवद्र्धन गर्ने ।
- उन्नतशील र समृद्ध अर्थतन्त्रको विकास गर्ने ।
- संस्कृति तथा वातावरण संरक्षण गर्ने ।
- सुशासन प्रत्याभूत गर्ने, आदि ।
सरकारको कार्यक्षेत्र :
सरकारको कार्यक्षेत्र कुन विषय वा कुन क्षेत्रमा रहेर हुनुपर्ने भन्ने विपय व्यापक छ । बदलिँदो समयको माग, सरकारको राजनीतिक दर्शन, संविधानमा उल्लेखित राज्यको नीति, सरकार बाहेकका तत्वको सक्षमता आदि विषयमा सरकारको कार्यक्षेत्र भर पर्दछ । सरकार आधारभूत क्षेत्रमा मात्रै सिमित हुने वा राज्यका हरेक सवाललाई आफ्नो कार्यक्षेत्रभित्र समेट्ने भन्ने कुरा त्यस देशले अपनाएको राजनीतिक दर्शनमा निर्भर रहन्छ ।
उदाहरणका लागि समाजवादी राजनीतिक दर्शन पछ्याएको राज्यको सरकारको कार्यक्षेत्र व्यापक हुन्छ । बजार तथा नीजि क्षेत्रको उपस्थिति कम हुन्छ । तर नवउदारवाद अपनाएको राज्यमा सरकारले आधारभूत आवश्यकताका क्षेत्रमा मात्र सिमीत भई अन्य वस्तु तथा सेवा प्रवाहमा बजार तथा नीजि क्षेत्रको उपस्थितिलाई महत्व दिएको हुन्छ ।
सरकारको कार्यक्षेत्र निर्धारित छैन तर सरकारले हात हालेका क्षेत्रमा आफू सक्षम, प्रतिस्पर्धी र प्रभावकारी हुनु भने जरुरी छ ।
सरकारको कार्यक्षेत्र र यसलाई प्रभाव पार्ने तत्वहरुबारे लेखिएको लेख पढ्न यहाँ थिच्नुहोस् ।
यसबारेको लेख यता पनि पढ्न सक्नुहुन्छ ।
No comments:
Post a Comment