पाटनढोकाको अधिकारी बुक्समा २ हप्ता कुरेपछि बल्ल नेपाल इन क्राइसिसको किताब पाइयो त्यो पनि फोटोकपी । लोडसेडिङले कति मारमा परेको छ अधिकारीजीको फोटोकपी बिजनेस भन्ने कसलाई के थाहा छ र जसरी उहाँको फोटोकपी बिजनेसले कति स्रष्टालाई मार परेको उहाँलाई थाहा छैन । गुरुबाले यो किताब निकै महत्वपूर्ण भनेपछि केहि साथीले ओरिजिनल टेक्स नै किन्न खोजेका थियौ । तर अधिकारी जीले यो किताब बजारमा अहिले पाइन्न अनि पाएपनि एकदमै महंगो छ झण्डै हजारको हाराकारी भनेपछि हामी हच्कीयौ ।
अधिकारी जीले आफ्नो बिजनेस चलाउन विद्यार्थीको साइकोलोजीसँग खेलेको हो वा वास्तविकता यहि हो ...जे भएपनि एक त विद्यार्थी त्यसमाथि एउटा किताबकै लागि हजार खर्च गर्नुभन्दा ५ गुणा सस्तो २ सय रुपैयाँमा छाँया कपी लिनु नै हामीले उत्तम ठान्यौ । तर एकदमै सस्तो ५५ रुपैयाँ पर्ने बाबुराम भट्टराईको लेख समेटेको पुस्तक जसलाई रातो झिल्को प्रकाशनले निकालेको हो, त्यो त ओरिजिनल नै किनौ न भनेर खोजेको त्यो नि पाइएन । यो किताब अहिले छापिनै छोडिसक्यो रे । किन्ने चाहना भएर पनि छाँयाकपी मै काम चलाइयो ३५ रुपैयाँ तिरेर ।।
हामीले अहिले पढ्ने अधिकांश किताबको अहिले ओरिजिनल टेक्स्ट पाउन मुस्किल पर्छ रे, कति त बजारमा नै छैनन् रे... पसले अनि गुरुआमा र गुरुबाको कुरा है । एउटै किताब किन्नका लागि पसल पसल चाहर्ने विद्यार्थी सिला खोजेझै खोज्नुपर्ने अवस्थामा सजिलै र सस्तोमा उपलब्ध हुने फोटोकपी किन्नु बाध्यता, रहर वा दुवै पनि हुन सक्छ ।
.................
आज विश्व पुस्तक दिवस र प्रतिलिपि अधिकार दिवस मनाइँरहँदा यसो सोचे, प्रतिलिपि ऐन प्रभावकारी कार्यान्वयनमा आउँदो हो त मलाई पनि कति सजाँय हुँदो हो । मुद्धाको मार खेप्दा खेप्दाको अवस्था, हतकडि लगाएर जेल गएको, जेलका फलामे ढोका पछाडीको जिन्दगी कल्पना गरे । आफ्नो कल्पना सम्झेर हाँसो उठ्यो तर वास्तविकतामा नै यसो भैदिएको भए के म हास्न सक्थे ?? आफैलाई प्रश्न गरे । अरुको सृजना चोरी गर्नु, अनुमती नलिइ प्रयोग गर्नु, पुरा किताबै फोटोकपी गरेर व्यापार गर्नु यस्ता सामाग्री प्रयोग गर्नुलाई कानुनले अवैध भन्छ । यस्तो कार्यलाई निष्प्रभावी बनाउन शैक्षिक संस्थाहरुको ठूलो भूमिका हुन्छ । तर हाम्रा शिक्षण संस्थाले यसलाई अझ बढवा दिइरहेका छन् जस्तो मैले अनुभव गरेकी छु । हाम्रा गुरुबा र गुरुआमालो हामीहरुलाई सजिलो होस् भनेर हामीले पढ्नुपर्ने सबै विषयवस्तुका सन्दर्भ सामाग्री समेटेर कम्पेन्डियम तयार पारिदिनुभएको छ । जसमा कुनै लेखकको पुस्तक पुरै वा आंशिक रुपमा समावेश छन् । त्यसमा स्वदेशीदेखि लिएर विदेशी स्रष्टाका लेख, रचना अनि खोज पनि छन् । हाम्रो सजिलोका लागि यसरी ककम्पेन्डियम बनाइँदिदाँ यसले लेखक तथा प्रकाशकलाई परेको समस्याका बारेमा उहाँहरुले कतिको मनन गर्नुभयो त्यो थाहा भएन । उहाँहरुले ती लेखक प्रकाशकलाई यसबारेमा जानकारी दिनुभएको छ की छैन वा यसबाट हुने आम्दानी ती फोटोकपी पसलेले रोयल्टी बापत दिने गरिएको छ कि छैन । जहाँसम्म मलाई लाग्छ, यी काम पक्कै पनि भएको छैन । हामीले ती कम्पेन्डियम कम्तीमा ५ हजारदेखि बढीमा जतिपनि तिरेर किन्छौ । त्रिविको पुस्तकालयमा भएको फोटोकपी पसल त कम्पेन्डियम र पुस्तकको फोटोकपीको व्यवसायकै लागि हो भन्दा पनि फरक नपर्ला । हो हामीलाई विविध समस्या छ, ओरिजिनल किताब पाउन मुस्किल छ, महँगो पर्छ, फोटोकपीबाट काम चलाउनु शिक्षक र विद्यार्थीको बाध्यता बनेको छ । तर यसले प्रतिलिपि अधिकारको कुरालाई चाँही मनन नै गरेको पाइन मैले । हाम्रो बाध्यताका लागि सर्जग र प्रकाशनगृहलाई मारमा पार्नु के उचित हो । बाध्यता सबैका हुन्छन् तर यसलाई कानुनी र वैधानिक रुप दिन सकिन्न । विश्वविद्यालयबाट उत्पादन हुने हामीजस्ता विद्यार्थी पनि त पछि सर्जक बन्लान्, हाम्रो परिश्रम र मेहनत पनि यसरी नै चोरी भएर प्रयोग नहोलान् भन्ने छैन । कसैको सृजना फोटोकपी गरेर व्यवसाय चलाउने चाँहि मालामाल हुने अनि सर्जक भने सडकमा पुग्ने स्थिति अन्त्य गर्न सुरुवात शैक्षिक संस्था, शिक्षक तथा विद्यार्थीबाटै गर्ने की ।

No comments:
Post a Comment