परीक्षा आउन एक हप्ता मात्रै बाँकी छ, पढेको केहि होइन । रातभरी यसकै बारेमा सोचेर निद्रा लाग्दैन तर पढ्न मन पनि लाग्दैन । कामबाट थकित भएर घर पुग्दा खाना खाने बित्तिकै यो चिसोमा सिरक ओढेर ओछ्यान लाग्न मन लागि हाल्छ । कुनै दिन जाँगर निकालेर पढ्न बसेपनि थकाइका कारण पढेको दिमागले स्टोर गर्न जान्दैन । हुन त जहाँ इच्छा त्यहाँ उपाय तर मलाई थकानपछिको निन्द्रा नै प्यारो छ पढ्नुभन्दा ।
मैले पढाइलाई निश्चय नै उपेक्षा गरेको होइन । तर मलाई यसरी पढेर जाँचमा गान्धी डिभिजनमा पास हुने रहर पनि छैन । मलाई पनि पूरै समय पढाइमा खर्चिन मन छ । आफ्नो बौद्धिकतालाई निखार्न मन छ । पढाई सर्टिफिकेटकै लागि मात्र बनाउन मन छैन ।
तर यो मेरो रहर होइन बाध्यता हो । म जस्तै काठमाण्डूमा रोजगारी गर्दै पढाइ गर्नेहरुको कथा पनि मेरा जस्ता नै हुन् । एक त महँगीले हामीजस्ता विद्यार्थीलाई सकस नै पार्छ । अर्को कुरा मध्यम वा निम्न वर्गीय परिवारका विद्यार्थी प्रायलाई रोजगारी नगरी पूरै समय पढाइमा मात्र दिन्छु भन्ने कल्पनामा मात्रै सीमित गर्नुपर्ने अवस्था । अझ उमेर बढ्दै गएपछि आमाबुवाको पछि छोराछोरीमाथिको अपेक्षा बढ्दै जान्छ । सधैं आमाबुवासँग पैसा माग्न पनि त लाज हुन्छ ।
त्यसैले पढाइ खर्च वा अरु एक्स्ट्रा पकेट मनिका लागि पनि जागिर गर्न करै लाग्छ ।
यसरी जागिर गरेर पनि पढाइमा राम्रो गर्नेहरु पनि छन् तर यस्ता व्यक्ति भेट्ने अवसर मैले कमै पाएको छु । जागिर गरेपछि कतिपयको त पढाइमा पुरै पूर्णबिराम लागेको पनि देखेको छु । उसो त पढेर रोजगार नपाएपछि निराश भएका र खाँडी मुलुकमा श्रम बेच्न बाध्य भएकाहरु पनि त छन् ।
यसको अर्थ पढाइभन्दा काम ठूलो हो भनेर भन्न पनि खोजेकी होइन । पढाइ पढाइ नै हो, जीवनको ज्योती हो र समाजलाई बुझ्ने एउटा मुल ढोका पनि । तर हाम्रो देशमा पढाइको महत्व बुझ्ने कमै मात्र छन् । यो देशको परिस्थिति र हाम्रो शिक्षा प्रणालीको पनि कमजोरी हो जस्तो लाग्छ । मेहेनत गरेर पढेको कुनै औचित्य नै नभएपछि वा आफ्नो बौद्धिकता अनुसार काम नपाएपछि त्यस्ता पढाइको के काम भन्ने मलाई पनि लाग्छ ।
आफू जागिरे भएको देखेर साथीहरु मलाई पनि जागिर गर्ने मन छ । मलाई पनि कतै काम खोजिदे न भन्छन् पनि । जागिर छँदै छ, केको चिन्ता छ र तलाई ? भन्नेहरु पनि प्रशस्तै छन् । तर उनीहरुलाई के थाहा, जागिर हुँदैमा सबै कुरा कहाँ ठीक हुन्छ र ? हज्जारौं तनाव झेल्नुपल्ने कुरालाई त कसैले मनन गरे पो ।
केहि समय मेहेनत गरेर पैसा जम्मा गर्छु, पढाइ खर्च जुटाउँछु अनि पुरा समय पढाइमा खर्च गर्छु भनेर योजना पनि नबनाएको कहाँ हो र ? तर यो योजना बनाउनु भनेको छेपारोको कथा जस्तै हो । जसरी कमाउन गाह्रो छ, जोगाउन पनि त्यति नै गाह्रो । कतै त कतैबाट त संचित गरेको पैसा खर्च हुने बाटो आइहाल्छ ।
त्यसैले रोजगारी गर्दै पढ्नेहरुको जीवन निकै गाह्रो छ । मानिसले बाहिरबाट देखेजस्तो होइन । तर पनि पढाइलाई निरन्तरता दिने अनि जिवनको लक्ष्य पुरा गर्ने साथीहरुको सपनालाई म सलाम गर्छु । जिन्दगीको सपनालाई यथार्थमा बदल्न गाह्रो छ तर असंभव होइन । हामीले यीनै समस्याका बीच आशा खोज्नु छ, हाम्रा सपना एकदिन अवश्य साकार हुनेछन् ।

No comments:
Post a Comment